- Kholchapokhari, Chakupat Lalitpur
- milanshakya75@gmail.com info@nibs.com.np
Asian Legacy Library (एशियाली धरोहर पुस्तकालय) को the University of Arizona, Tucson, USA मा सम्पन्न The Pacific Neighborhood Consortium (PNC) Annual Conference मा सहभागीता।
The University of the West को सह-प्राध्यापक तथा Asian Legacy Library को संस्कृत कार्य निर्देशक (Director of Sanskrit Operations) का कार्यभार सम्हाल्दै आउनुभएका डा. मिरोज शाक्यले सेप्टेम्बर १६ देखि १८, २०२२ सम्म एरिजोना विश्वविद्यालय, टक्सन्, संयुक्त राज्य अमेरिकामा सम्पन्न भएको PNC 2022 Annual Conference and Joint Meetings मा कार्यपत्र प्रस्तुत गर्नुभएको छ। उहाँको कार्यपत्रको शीर्षक The Digital Dharani Project: Preserving Rare Incantation Manuscripts from Nepal थियो।
Conference को मुख्य विषयवस्तु The Digital World in an Age of Uncertainty: Humanizing Technology for Wellness, Resilience, and Creativity थियो। कार्यक्रमको मुख्य उद्देश्य कोरोनापछिको युगमा डिजिटल शिक्षा, सूचना विज्ञान, इ व्यवसाय, डिजिटल मानवता तथा प्राविधिक सांस्कृतिक तथ्यसूचना मा केन्द्रित थियो।
डा. मिरोज शाक्यले Asian Legacy Library को सहकार्यमा नागार्जुन बौद्ध अध्ययन संस्थाले हाल सञ्चालन गरिरहेको धारणी संरक्षण परियोजनाको परिचय दिँदै त्यसको उद्देश्य र शीघ्र संरक्षणको आवश्यकताका बारेमा पनि जोड दिनुभएको थियो। नेपालका लोपोन्मुख धारणी संग्रहहरूको समयमै संरक्षणमा पहलकदमी हुनुपर्ने कुरामा उहाँले विशेष जोड दिनुभएको थियो।